कोरियन भाषा परीक्षाको आवेदन संकलन आजबाट

काठमाडौं

    चैत्र ८, २०७४

    दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत  जाने कामदारका लागि कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुल्दैछ । ईपीएस अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि संकलन गर्न लागिएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ । 

    परीक्षामा सहभागी हुने चाहनेले आजदेखि आउँदो १७ गतेसम्म अनलाइनबाटै आवेदन फारम भर्न सक्नेछन् ।  भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ । आवेदन भर्नका लागि नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाइएको छ ।

    अनलाइनबाटै फारम भर्न पाइने भएपछि रातभर लाइनमा बस्नुपर्ने झण्झट नरहने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा भने आगामी जेठ २६ र २७ गते हुनेछ ।

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्