जिम्बाबेले आज युएईसँग प्रतिस्पर्धा गर्दै

    चैत्र ८, २०७४

     

    -जिम्बाबेमा जारी एकदिवसीय  विश्वकप छनोट क्रिकेट अन्तर्गत सुपर लिगको आफ्नो अन्तिम खेलमा घरेलु टोली जिम्बाबेले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । हरारे स्पोर्टस् क्लबको मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे हुने खेलको निर्णयले घरेलु टोलीको भाग्य निर्धारण गर्नेछ ।

    युएईलाई हराउन सके जिम्बाबे अंकतालिकाको दोस्रो स्थानमा रहँदै विश्वकपका लागि छनोट हुनेछ । युएई विजयी भए, जिम्बाबेको यात्रा समाप्त हुनेछ । यस्तो समिकरण आए भोली हुने अफगानिस्तान र आयरल्याण्डबीचको खेल निर्णायक हुनेछ । जिम्बाबेको हारले अन्तिम खेलको बिजेता बिश्वकप क्रिकेटका लागी छनोट हुनेछ ।  

    यसअघि हिजो स्कटल्याण्डलाई ५ रनले हराउँदै वेष्ट ईण्डिजले एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।   

     

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्