निजी आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

काठमाडौं

    चैत्र ८, २०७४

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ । घर निर्माण सुरु गरेका भूकम्प पीडितलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा सामान्य मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सो अख्तियारी प्रदान गरेको हो । अर्थ मन्त्रालयले आजै शोधनान्तर गरी सो रकम प्राधिकरणलाई प्रदान गरेको थियो । प्राधिकरणका प्रवक्ता यम लाल भूसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिइएको बताउनुभयो । 

    हालसम्म ३ लाख ६७ हजार १ सय ६५ घर पुनर्निर्माणको क्रममा छन् । त्यस्तै, ३ लाख ११ हजार ७ सय ३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । ८२ हजार ५ सय ८८ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत्र मसान्तसम्मलाई तोकी घर पुनर्निर्माण सुरु गर्न बाँकी रहेका लाभग्राहीलाई सोही अवधिभित्र घरको जग राखी दोस्रो किस्ताका लागि निवदेन दिन आग्रह गरेको छ । 

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्