शाक्य र मुखिया हत्या घटना बारे अनुसन्धान सुरु

काठमाडौं

    चैत्र ८, २०७४

    तस्करीको साडे ३३ केजी सुन काण्डका भरिया सनम शाक्यको अपहरणपछि हत्या र झापाको बिर्तामोडका सुन व्यापारी साजन मुखिया हत्या घटनामा प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ । दुबै हत्यामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि घटनाको अनुसन्धानका लागि केन्द्रीय कार्यालयले डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

    सो समितिले आज देखि काम सुरु गरेको छ । प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले मुख्यालको छानबिन नियमित प्रक्रिया भएको बताउनुभयो । शाक्यको शव महानगरीय अपराध महाशाखाले गत फागुन १९ गते मोरङमा फेला पारेको थियो । लगतै महाशाखाको टोलीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । लगतै बिर्तामोडका सुन व्यापारी मुखियाको शव इलाममा भेटिएपछि दुबै घटना सम्बन्धित रहेको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको हो । 

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्