न्यायाधीश नियुक्ति मुद्दाको निर्णय सुनाउने मिति फेरि सर्‍यो

काठमाडौं

    चैत्र ८, २०७४

    उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति सम्बन्धी सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला मिति फेरि सरेको छ । निर्णय आज सुनाइने भनिएपनि न्यायाधीश ओमप्रकाश मिश्र समेत रहेको बेन्चमा पेसी तोकिएपछि निर्णय सुनाइने मिति सरेको हो । सो मुद्दा न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा थियो ।

    सोही इजलासले निर्णय सुनाउनुपर्नेमा न्यायाधीश मिश्र न्यायपरिषदको सदस्य समेत बनेपछि मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो । सो मुद्दाको पेसी कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र वरिष्ठतम् न्यायाधीश मिश्र बाहेकको इजलासमा तोक्नुपर्ने भएपछि फेरि सुरुदेखि मुद्दाको सुनुवाई गर्नुपर्ने भएको छ ।

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्