उद्घाटन खेलमा आयोजक र सुदुरपश्चिम ११ भिड्दै

बुटवल

    चैत्र ८, २०७४

    मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलिबाट रुपन्देहीमा शुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोट्स एकेडेमी काठमाडौं र सुदुरपश्चिम ११ भिड्दै छन् । नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको दुर्घटना बीमा गरिएको क्लबका अध्यक्ष नरबहादुर घर्तीले बताउनुभयो । प्रतियोगितामा एक विदेशी सहित १० टिमले सहभागीता जनाउँछै छन् ।

    प्रतियोगितामा मलेसियाको हिमालयन एफसी सहित विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दी, रुस्लान थ्री स्टार, सुदुरपश्चिम ११, रमपम झापा ११, आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी र साविक विजेता रुपन्देहीको सुनौलो संगम रहेका छन् ।

    प्रतियोगिताको विजेता टिमले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५५ हजार नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टता हासिल गर्नेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्