नवलपरासी डायरी

- नवीन पौडेल, काठमाडौं

    चैत्र २०, २०७४

    – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको विपन्न मुसहर समुदायलाई घर हस्तान्तरण गरिएको छ । बर्दघाट ५ स्थित जितपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरिएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर बर्दघाट २ सय २० केभीए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित समुदायलाई घर हस्तान्तरण गरिएको हो । ३० लाख रुपैयाँको लागतमा दश ओटा घर निर्माण भएको एसके निर्माण सेवाका विक्रम पाण्डेले बताउनुभयो । ४ महिना लगाएर  बस्ती तयार  गरिएको छ  । एकीकृत बस्तिमा सामुहिक शौचालय  र खानेपानकिो धारा समेत जडान गरिएको छ । यस अघि जिर्ण कच्चि घरमा बस्दै आएको मुसहर नयाँ घर पाएपछि खुसी भएका छन् । 

    पश्चिम नवलपरासीमा अस्थाई करारमा रहेका कर्मचारीले आफुहरुलाई समायोजन नगरेसम्म नयाँ कर्मचारी भर्ना नगर्न माग गरेका छन् । जिल्ला करार तदर्थ कर्मचारी हकहित संघर्ष समिति नवलपरासीले हिजो प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । पत्रमा स्थानीय तहमा कर्मचारीहको समायोजन गर्दा स्वीकृत दरबन्दीमा रहेका सबै अस्थायी करार कर्मचारीलाई स्थायी गरी समायोजन गर्न माग गरिएको छ । करार सेवाका कर्मचारीमा कार्यालय सहयोगी, सवारी चालक र हुलाकी पदका कर्मचारी छन् । जिल्लामा करारमा काम गर्नेको संख्या एक सय ५० भन्दा बढी रहेको संघर्ष समितिका सचिव गौरीशंकर जयसवालले बताउनुभयो ।  

    एचआईभी संक्रमीत महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सेतु नेपाल नामक संस्थाले परासीमा लघुउद्यमशिलता तालिम सञ्चालन गरेको छ । संक्रमित महिलाको आयआर्जन बृद्धिका गर्ने र उद्यमीको रुपमा स्थापित गराउने उद्येश्यले तीन दिने लघुउद्यमशिलता तालिम सञ्चालन गरीएको हो । तालिममा महिलाहरुलाई वित्तिय व्यवस्थापन कसरी गर्ने,आर्थिक उपार्जनका विषयमा प्रशिक्षण दिईएको सहजकर्ता रञ्जु पाण्डेले बताउनुभयो । तीन दिने तालिममा जिल्लाका २४ जना एचआईभी संक्रमित महिलाहरुको सहभागिता छ । तालिम लिएका महिलालाई व्यवसाय प्रवद्र्धनका लागि बीउ पुँजी बापत ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।  

    सांई पुनमगरको ईतिहास, भाषा, भेषभुषा तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले परासीबाट पहिलो पटक वंशावली खोजी गरिएको छ । गुल्मी जिल्लाको साविक दिव्रुङ्ग गाविस हाल चन्द्र गाउँपालिका वडा नं. १ दह पुन टोलाबाट बसाईसराई गरी नवलपरासी, रुपन्देही र गुल्मीमा बसोवास गरिरहेका सांई पुनमगर परिवारको बंशावली खोजी गरिएको हो । वंशावलीको संकलन गरी पुस्तकको रुपमा प्रकाशन गरेको छ । तीनभाई सांई पुनमगरहरुको वंशावली २०७५ नामक सो पुस्तकको सुनवलमा जेष्ठ सदस्य ९१ वर्षिय तुल बहादुर पुनले विमोचन गरेका छन् ।  

     

    प्रकाशित:चैत्र २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्