बाबुआमाको निधन भएको ४ वर्षपछि शिशु जन्मियो

एजेन्सी

    चैत्र २९, २०७४

    चीनमा एक दम्पत्तीको निधन भएको ४ वर्षपछि उनीहरुको बच्चा जन्मिएको छ । कार दुर्घटनामा ज्यान गुमाएका ती दम्पत्तिले सेरोगेसीमार्फत बच्चा जन्माएका हुन् । सेरोगेसीबाट बच्चा जन्माउने कानूनी प्रावधान नभएका कारण उनीहरु निराश रहेको र निधन अघि ती दम्पत्तीले एक अस्पतालमा वीर्य संकलन गरेर राखेको पारिवारिक स्रोतलाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ती दम्पत्तीको निधन पश्चात उनीहरुका परिवारले सेरोगेसीबाट बच्चा जन्माउन पाउनुपर्ने माग गर्दै सरकारलाई दबाव दिएपछि अनुमति पाएका थिए । अस्पतालमा जम्मा गरिएको वीर्यबाट लाओसकी एक आमाको कोखबाट शिशु जन्मिएको हो ।

     

    प्रकाशित:चैत्र २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्