अमेरिकी रवैयाका कारण वार्ता असम्भव : चीन

काठमाडौं

    चैत्र २९, २०७४

    आर्थिक विषयमा अमेरिकासँग सम्झौता गर्न नसकिने चीनले स्पष्ट पारेको छ । अमेरिकाले आयातित सामग्रीमा करबृद्धि गर्ने बताएपछि आफ्नो अर्थतन्त्रमा असर परेको भन्दै चीनले १ सय भन्दा बढी अमेरिकी सामग्रीमा करबृद्धि गरिने बताएको थियो । चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिका बाहेक अन्य मुलुकबाट आयात गरिने कार लगायत अन्य सामग्रीमा कर घटाएर अर्थतन्त्रलाई अझ बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    यद्यपि, राष्ट्रपति सीको योजना अमेरिकासँग सम्बन्धित नभएको चिनियाँ अर्थमन्त्रालयका प्रवक्ताले स्पष्ट पार्नुभएको छ । अमेरिकाले सिर्जना गर्ने कुनै पनि अवस्थाको सामना गर्न चीन तयार रहेको उहाँको भनाई छ । विश्व अर्थतन्त्रको ठुलो हिस्सा ओगट्ने दुई शक्तिशाली मुलुकबीच पछिल्लो समय आर्थिक विषयलाई लिएर तनाव छ । 

    वार्ताबाटै समस्या समाधान हुने देखिए पनि बेईजिङले कुनै पनि औपचारिक वार्ता गर्न नचाहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी रवैयाका कारण वार्ताको असम्भव रहेको चिनियाँ अर्थ मन्त्रालयका प्रवक्ताको भनाई छ । 

     

    प्रकाशित:चैत्र २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्