अमेरिकाले सिरियामाथि आक्रमण गरे युद्ध हुनसक्ने रुसको चेतावनी

    चैत्र ३०, २०७४

    - अमेरिकाले सिरियामाथि आक्रमण गरे युद्ध हुनसक्ने रुसले चेतावनी दिएको छ । सिरियामाथि भएको रसायनिक आक्रमणको जवाफमा क्षेप्यास्त्र आक्रमण गर्ने बताइरहेको अमेरिकालाई रुसले यस्तो चेतावनी दिएको हो ।

     संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि भ्यासिलि नेबेन्जियाले तत्कालका लागि युद्धको खतरा टार्नु महत्वपूर्ण रहेको बताउनुभयो । अमेरिकाले विश्व शान्तिलाई नै खतरामा पारेको र अवस्था भयावह बनेको उहाँको भनाई थियो । सिरियामा भएको रसायनीक आक्रमणको जवाफमा पश्चिमा शक्तिहरुले आक्रमणको तयारी गरिरहेका छन् । रुसले भने त्यसको विरोध जनाउँदै  आएको छ । 

    रुसले अमेरिकी आक्रमणको जवाफ दिन तयारी अवस्थामा रहन आफ्नो सुरक्षाफौजलाई समेत निर्देशन दिइसकेको छ । यसै विषयमा छलफलका लागि रुसको आग्रहमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । सिरियाको डुमा शहरमा गत साता भएको ७० बढीको ज्यान जाने गरी भएको रसायनीक आक्रमणमा रुसको संलग्नता रहेको अमेरिकाको आरोप छ । रुसले भने आरोपको खण्डन गर्दै आएको छ । 

     

    प्रकाशित:चैत्र ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्