आपतकालिन बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई रुसको गुहार

एजेन्सी

    वैशाख १, २०७५

    अमेरिका आवद्ध गठबन्धनले सिरियामा शुरु गरेको आक्रमण विरुद्ध आपतकालिन बैठक बोलाउन संयुक्त राष्ट्रसंघ अन्र्तगतको सुरक्षा परिषदलाई रुसले आग्रह गरेको छ । सिरियामा रासायनिक आक्रमण गरेको भन्दै पश्चिमा देशले आक्रमण सुरु गरेपछि रुसले सुरक्षा परिषदलाई यस्तो आग्रह गरेको हो ।

    अमेरिका आबद्ध गठबन्धनले आक्रमक रुपमा कारवाही सुरु गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बैठक बोलाउन सुरक्षा परिषदलाई आग्रह गर्नुभएको छ । उनीहरुले आक्रमण गरेर अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्‍याएको राष्ट्रपति पुटिनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    अमेरिकी कारवाहीले सिरियाली नागरिकलाई थप पीडा दिने काम भएको पुटिनले आरोप लगाउनु भएको छ । सिरियामा भइरहेको आंतककारी आक्रमण विरुद्ध आफुले त्यहाँको सरकारलाई सहायता मात्र गरेको पुटिनको भनाई छ । 

    प्रकाशित:वैशाख १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्