सेना र बन्दुकधारीबीचको भिडन्तमा २२ को मृत्यु

रोयटर्स

    वैशाख १, २०७५

    इजिप्टमा सेना र बन्दुकधारीबीच भिडन्तमा ८ सैनिक सहित २२ जनाको मृत्यु भएको छ । १५ जना घाईते छन् । बन्धुकधारीहरुले उत्तरी सिनाई प्रान्तस्थित सैन्य चेकपोष्ट लक्षित आक्रमण गर्ने क्रममा सेनाले जवाफी फायरिङ गर्दा १४ जना लडाकुहरुको समेत मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०१३ मा मुस्लिम ब्रदरहुडका मोहम्मद मुर्सी सत्ताबाट बाहिरिएपछि सो क्षेत्रमा सशस्त्र आन्दोलन सुरु भएको थियो । 

    यसअघि सिनाईकै एक मस्जिदमा इश्लामिक लडाकुको आक्रमणमा ३ सर्वसाधारणको मृत्यु भएपछि नेता सीसीले सो क्षेत्रमा सेना तैनाथ गर्नुभएको थियो । खाडी मुलुककै सबैभन्दा बढी जनसंख्या भएको इजिप्टमा सो अहिलेसम्मकै भयावह आक्रमण मानिएको छ । 

     

    प्रकाशित:वैशाख १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्