इजरेली सेनाको गोली लागेर ३० को मृत्यु

बीबीसी

    वैशाख १, २०७५

    प्यालेस्टाईनको सीमा क्षेत्रमा २ सातादेखि जारी प्रदर्शनका क्रममा इजरेली सेनाको गोली लागेर अहिलेसम्म ३० जना प्रदर्शनकारीको मृत्यु भएको छ । सयौं प्यालेस्टिनी प्रर्दशनकारी घाईते भएको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ । इजरेलमा रहेका प्यालेस्टाईनी शरणार्थीलाई फिर्ता गर्नुपर्ने माग सहित लडाकु समूह हमासले गरेको प्रर्दशनका क्रममा सो हताहती भएको हो ।

    गाजामा क्षेत्रमा प्रदर्शनको बहाना गरी अवैध रुपमा इजरेल प्रवेश गर्न खोजेको भन्दै इजरेली प्रहरीले उनीहरु माथि गोली प्रहार गरेको  बीबीसीले उल्लेख गरेको छ । इजरेलले प्यालेस्टिनी शरणार्थीहरुलाई फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने हमासको भनाई छ । यद्यपि आफूमाथि आक्रमणको उद्देश्यले हमासले प्रदर्शन चर्काएको इजरेलको अरोप छ । जारी प्रदर्शनमा १० हजारभन्दा बढी प्रदर्शनकारी सहभागि भएको बीबीसीले जनाएको छ । 

    प्रकाशित:वैशाख १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्