सिरिया माथि पश्चिमा मुलुकको संयुक्त सैन्य कारवाही शुरु

बीबीसी

    वैशाख १, २०७५

    रासायनिक आक्रमण विरुद्ध पश्चिमा मुलुक /अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त सैन्य कारवाही शुरु गरेका छन् । सिरियाको डुमामा गतसाता भएको रासायनिक आक्रमणको प्रतिकृया स्वरुप अमेरिका, बेलायत र फ्रान्सको संयुक्त गठबन्धनले सिरियामा हवाई आक्रमण शुरु गरेको बीबीसीले उल्लेख गरेको छ । पेन्टागनका अनुसार राजधानी दमास्कस र होम्सका शहरमा कारवाही सुरु भएको हो ।

    ती देशहरुले एक सय भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सात बर्षयता सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वमा भएको आक्रमण विरुद्ध पहिलो पटक पश्चिमा देशले आक्रमण गरेका हुन् । पश्चिमा देशले रुसको समर्थनमा सिरियाली सरकारले रासायनिक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । 

    प्रकाशित:वैशाख १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्