नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडौं

    वैशाख ३, २०७५

    नेपाल–भारत संयुक्त ऊर्जा सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आज शुरु हुँदैछ । बैठकमा अन्तरदेशीय प्रसारण लाईन, इनर्जी बैकिङ र विद्युत व्यापार सम्झौताको बिषयमा छलफल हुनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा थाँती रहेका यी बिषयमा छलफल हुने बताइएको छ । बैठकमा नेपाली पक्षले ४ सय केभीए क्षमताको बुटवल–गोरखपुर प्रसारण लाईनको माग प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

    बैठकमा इनर्जी बैकिङको अवधारणमा समेत नेपाली पक्षले छलफल गर्नेछ । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्