सिरिया आक्रमणको छानबिन गर्न अरब लिगको माग

काठमाडौं

    वैशाख ३, २०७५

    अरब लिगले सिरियाको रसायनिक आक्रमणको स्पष्ट छानबिन गर्न माग गरेको छ । अरब लिगको सम्मेलनमा सहभागि देशहरुले रसायनिक आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाटै छानबिन गर्न माग गरेका हुन् ।

    इरानको समेत सो आक्रमणमा संलग्नता रहेको भन्दै अरब लिगले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ । लिगले रसायनिक आक्रमणको विरोध स्वरुप अमेरिका, फ्रान्स र बेलायतको गठबन्धन सेनाले गरेको जवाफी कारबाहीमा समर्थन जनाएको रोयटर्सले जनाएको छ । यद्यपी इराक र लेबनानले कारबाही गलत भएको जनाएका छन् । 

    सिरियाली जनतामाथि भएको ज्यादतीबारे दुख व्यक्त गर्दै स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको खाँचो औल्याएको अरब लिगले यसमा संलग्नमाथि कडा कारबाहीको समेत माग गरेको छ । सिरियामा राजनितिक निकासका लागि संघर्षरत सबै पक्षले समाधानतर्फ ध्यान दिनुपर्ने अरब लिगको भनाई छ । सिरियाले भने रसायनिक आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको छ ।

    यता, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सिरियाबाट गठबन्धन सेना फिर्ता नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्