परराष्ट्रमन्त्री ज्ञवाली चीन जादै

काठमाडौं

    वैशाख ३, २०७५

    परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ दिने भ्रमणका लागि आज चीन जादै हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तयारी तथा नेपाल चीनबीच भएका सहमति सम्झौताको कार्यन्वयन अवस्थाबारे छलफल ज्ञवाली त्यसतर्फ जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले भने मन्त्री ज्ञवालीको भ्रमणलाई सद्भाव भ्रमण भनेको छ ।

    उहाँ राति ११ वजे चीनका लागि प्रस्थान गर्नुहुने परराष्ट्रले जनाएको छ । विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।

    यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै चीन जाने तयारी गर्नुभएको छ । यसको तयारी स्वरुप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लाग्नुभएको हो । 

    यसैबीच उत्तरी छिमेकी चीनले दुई देशीय रेलमार्ग निर्माण सहित अन्य आर्थिक सहकार्यको प्रस्ताव गरेको धेरै समय भएपनि यसले मूर्त रुप पाउन सकेको छैन । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्