६२ लाखको कारोवार गर्दै फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं

    वैशाख ३, २०७५

    पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सम्पन्न २१ औं फ्लोरा एक्स्पोमा ६२ लाख बराबरको कारोबार भएको छ । एक्स्पोको ६० हजार भन्दा बढीले अवलोकन गरेको मेला संयोजक तथा एशोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिनुभयो । मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्ड स्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरी जम्मा ८२ वटा स्टल राखिएको थियो ।

    एशोसिएसनका अनुसार मुलुकका ४१ जिल्लाका ६ सय ७८ ठाउँमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ । गत वर्ष १ अर्ब भन्दा बढीको कारोबार हुँदा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको एशोसिएसनले जनाएको छ ।

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्