पाठेघर तथा स्तन क्यान्सरको नि: शुल्क परीक्षण

- कमला गुरुङ, काठमाडौं
    सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने सरकारी लक्ष्य छ ।

    वैशाख ३, २०७५

    सरकारले आगामी तीन महिना देशैभरका अस्पतालमा पाठेघर तथा स्तन क्यान्सरको नि: शुल्क परीक्षण गर्ने भएको छ । पाँचौ सुरक्षित मातृत्व दिवसको अवसर पारेर सरकारले आज एक वर्षे कार्यक्रम घोषणा गरेको हो । मातृ मृत्यदर घटाउने उद्धेश्य सहित घोषित कार्यक्रम अनुसार बैशाख, जेठ र असारमा पाठेघरको मुख, स्तन र फिस्टुला क्यान्सरको परीक्षण गरिने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले बताउनुभयो ।

    साउन, भदौ र असोजमा सबै स्थानीय तहमा सुुरक्षित मातृत्व कोष स्थापना गर्ने सरकारको तयारी छ । कार्तिक, मंसिर र पुसमा किशोर किशोरी सुरक्षित मातृत्व चेतना सम्बन्धी लगायतका कार्यक्रम रहेको राज्यमन्त्री अर्यालले जानकारी दिनुभयो । सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने सरकारी लक्ष्य छ ।

    नेपालमा एक लाख जीवित जन्ममा २ सय ३९ आमाको मृत्यु हुने गरेको परिवार स्वास्थ्य महाशाखाको तथ्याङ्क छ । 

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्