विवाद निरुपण गर्न एमाले - माओवादीलाई सकस

काठमाडौं

    वैशाख ३, २०७५

    एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य गर्नु हुने भएका छन् । पार्टी एकतामा देखिएका विवाद निरुपण गर्न दुवै नेतालाई सकस परेको छ । दाहालसँगको छलफल लगत्तै एमाले अध्यक्ष ओलीले साँझ स्थायी समिति बैठक बोलाउनु भएको थियो । दाहालले पनि आन्तरिक छलफलको तयारी गर्नुभएको छ । यद्यपी दुई नेताबीच भोली बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भने जुटेको छ । 

    एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिन्ह, अन्तरिम विधानमा जनयुद्ध शब्द प्रयोग र केन्द्रीय कमिटीको संख्या अनुपातमा सहमति हुन सकेको छैन । माओवादी केन्द्रले केन्द्रीय कमिटीमा बराबरीको सिद्धान्तसहित जनयुद्ध शब्दको प्रयोग गर्नुपर्ने अडान लिएको छ । उसले सूर्य चिन्हको विकल्प खोज्न सुझाएको छ । एमालेले भने जनयुद्ध शब्दमा सहमति जनाएको छैन भने सूर्य चिन्ह हुनुपर्ने अडान लिदै आएको छ ।

    हैसियतअनुसार अनुपात निर्धारण गर्नुपर्नेमा एमालेको जोड छ । दुई नेताबीचको छलफलपछि पार्टी राजधानीमा आयोजित एक कार्यक्रममा दाहालले आफू पार्टी एकताको पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्