मुल्याङ्कन समितिको संयोजकबाट श्रीवास्तवको राजीनामा

- प्रदीप मेन्याङ्बो, धरान

    वैशाख ३, २०७५

    सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले मुल्याङ्कन समितिको संयोजक र प्रतिष्ठानको सचिवालय प्रमुखको जिम्मेवारीबाट राजीनामा दिनु भएको छ । राजीनामासंगै अब उहाँ प्रतिष्ठानको डेपुटी रजिष्ट्रारको रुपमा मात्र रहनु हुनेछ । लामो समयदेखि मुल्याङ्कन समितिको संयोजक भएर काम गर्दै आउनु भएका श्रीवास्तवले राजीनामा दिएको विषयमा उपकुपति प्राध्यापक डाक्टर राजकुमार रौनियारले मुल्याङ्कन समितिको संयोजकमा लामो समयदेखि बसेकाले पदावधि सकिन लागेको बेला राजिनामा दिएको बताउनुभयो ।

    श्रीवास्तवले राजीनामा दिएपनि प्रतिष्ठान व्यवस्थापनले चाँडै नयाँ कमिटी गठन गरेर मुल्याङ्कन समितिको संयोजक ताक्ने उहाँको भनाई थियो । प्रतिष्ठान श्रोतका अनुसार रजिष्ट्रार तुलबहादुर श्रेष्ठसंग तालमेल नमिलेकाले पदावधि सकिन केही महिना छँदै मुल्याङ्कन समितिको संयोजक र सचिवालय प्रमुखबाट श्रीवास्तवले राजीनामा दिएको बताइएको छ ।

    यसैबीच प्रतिष्ठानका उपकुपति प्रा. डा. रौनियार छ महिना देखि रोकिएका प्रतिष्ठानको मातृशिशु उपचार तथा स्याहार केन्द्रको भवन निर्माण सम्पन्न गर्ने बजेट निकासाका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्