प्रदेश ५ को बजेट सर्वसम्मत पारित

- अमृता अनमोल, बुटवल

    वैशाख ३, २०७५

    प्रदेश ५ सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट आज प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ । लगातार २ दिनको छलफल पछि अस्थायी मुकाम बुटवलमा बसेको बैठकले बजेट सर्वसम्मत पारित गरेको हो । हिजो र आज भएको छलफलमा १६ जनाले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले तीन महिने बजेटमा छुटेका विषयलाई आगामी असारमा ल्याइने पूर्ण बजेटमा राख्ने प्रतिवद्धता जनाएपछि बजेट सर्वसम्मत पारित भएको हो ।

    मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बजेटबारे थुप्रै असन्तुष्टि रहेपनि मौन बसेर समर्थन गरेको बताउनुभयो । बजेटलाई जनस्तरसम्म पुग्ने बनाउन सबै क्षेत्र र भूगोललाई समेट्न तथा एक जिल्ला एक नमूना कार्यक्रम समेट्न आगामी वर्ष ध्यान दिने मुख्यमन्त्रीको आश्वासनपछि आफूहरु मौन बसेको उहाँको भनाई छ ।

    प्रदेश ५ मा चैत ३० मा एक अर्ब २ करोड ५ लाख बराबरको बजेट प्रदेश सभामा पेश भएको थियो । सरकारले कानून कार्यविधि, संस्था, संरचना निर्माण र जनशक्ति व्यवस्था गर्ने मूख्य लक्ष्य  सहित बजेट ल्याएको हो । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्