प्रदेश २ : नीति तथा कार्यक्रम पारित

जनकपुर

    वैशाख ३, २०७५

    प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभामा चैत्र २८ गते पेस भएको आर्थिक वर्ष ०७४/७५ को अन्तिम चौमासिक नीति तथा कार्यक्रम आज पारित भएको हो । नीति तथा कार्यक्रममा एमालेका सुन्दर विश्वकर्मा र कांग्रेसका रामसरोज यादवले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । विश्वकर्माले फिर्ता लिए पनि यादवको प्रस्ताव प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको थियो । दुवैले कृषि, पर्यटन लगायत क्षेत्रमा नीति तथा कार्यक्रम अपर्याप्त रहेको भन्दै संशोधनको खाँचो औल्याएका थिए । 

    मुख्यमन्त्री लालबाबु राउतले संशोधन प्रस्ताव र छलफलका क्रममा सांसदबाट आएका राम्रा सुझावलाई आत्मसाथ गर्ने आश्वासन दिनुभयो । नीति तथा कार्यक्रम माथिको छलफलमा २४ जना सांसदले भाग लिएका थिए ।  प्रदेश सभाको अर्को बैठक भोलि अपराह्न ३ बजे बस्ने छ ।

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्