इन्धनको मूल्यमा पुन: बृद्धि

काठमाडौं
    नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले छ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ कायम थियो ।

    वैशाख ३, २०७५

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टितेलको २/२ रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सोही अनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।

    नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ कायम थियो । निगमले चैत १९ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई /दुई रुपैयाँ बढाएको थियो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

    नयाँ मूल्य कायम पछि निगमको पाक्षिक नाफा २१ करोड पुगेको प्रवक्ता गोइतले बताउनुभयो । 

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्