वैशाख ४, २०७५
- प्रदेश ५ मा गठित कानुन मस्यौदा तथा सुझाव आयोगले धमाधम कानुन निर्माण थालेको छ । कानुन अभावमा प्रदेश सरकार काम गर्न अप्ठेरो परेका बेला आयोगले अहिलेसम्म ८ वटा आवश्यक कानुन बनाइसकेको छ ।
सरकारको प्राथमिकताका थप ५ वटा कानुनका मस्यौदा अन्तिम चरणमा पुर्याएको अध्यक्ष कुमार शर्मा आचार्यले बताउनुभयो । आयोगले विषय अनुसारका मन्त्रालय र विषयवीज्ञंग छलफल गरेर कानुनको मस्यौदा बनाउने र मन्त्री परिषदको कार्यालयमा पठाउने गरेको छ ।
आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश आयोगले काम थालेपछि कानुन निर्माणमा सहज भएको बताउनुभयो ।
प्रकाशित:वैशाख ४, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्