नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा

    वैशाख ४, २०७५

    - नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैठकमा आज ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन र इनर्जी बैंकिङबारे छलफल भइरहेको छ ।  भारतको राजधानी नयाँ दिल्लीमा    जारी बैठकमा यसअघि सहमति भएको ऊर्जा व्यापार सम्झौता र प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उठेको इर्नर्जी बैंकिङबारे छलफल भइरहेको छ ।

    हिजो शुरु बैठकमा पूराना प्रशारण लाइहरुको सहज सञ्चालन र नयाँ प्रशारण लाइनको सम्भावनाको खोजी एवं निर्माणबारे पनि छलफल शुरु भएको दिल्ली सहकर्मी सुरेशराज न्यौपानेले जानकारी दिनुभयो । पहिलो दिन हिजो  सहसचिवस्तरीय संयुक्त वर्किङ ग्रुपको बैठक बसेको थियो ।

    बैठकमा दुई मुलुकबीच भइरहेको विद्युत् उर्जा खरिद–बिक्रीलाई थप भरपर्दो, सरल र सहज बनाउने तथा प्रसारण लाइनको अधिकतम उपयोग र सम्भावित नयाँ प्रसारण लाइनहरूको निर्माण तथा इनर्जी बैंकिङका सम्बन्धमा छलफल भएको थियो । बैठकमा १३० किमि लामो बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिनुपर्नेमा जोड दिइएको थियो । आज बसेको सचिवस्तरीय बैठकमा पनि यिनै विषयमा छलफल भइरहेको छ । 

    प्रसारणलाइन निर्माणको मोडालिटीका विषयमा नेपाली पक्षले दुवै मुलुकबीचका सरकारी तहबाटै (जीटुजी) प्रसारण लाइन निर्माण हुनुपर्ने अडान राखेको छ भने भारतीय पक्षले व्यापारिक हिसाबले निर्माण गर्नुपर्ने अडान लिएको छ ।

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्