भारतीय दुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम बिस्फोट

- देवनारायण साह, विराटनगर

    वैशाख ४, २०७५

     विराटनगरस्थित भारतीय राजदुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी गएराती बम बिस्फोट गराइएको छ । विराटनगर१३ स्थित सो कार्यालयको बम बिस्फोटबाट पर्खालमा सामान्य क्षती भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालयको पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षती भएको बताउनुभयो । बम राख्नेको पहिचान भएको छैन । घटनास्थल र सम्पर्क कार्यालयको वरिपरि अहिले सुरक्षा व्यवस्था कडा पारिएको हाम्रा सहकर्मीले जनाएका छन् । 

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्