सिरियाले अन्तर्राष्ट्रिय छानबिन टोलीलाई प्रवेश अनुमति दिने

    वैशाख ४, २०७५

    - सिरिया सरकारले रासायनिक आक्रमण भएको भनिएको क्षेत्रमा अन्तर्राष्ट्रिय छानबिन टोलीलाई प्रवेशको अनुमति दिने भएको छ । अन्तर्राष्ट्रिय छानविन टोली गत शुक्रबार नै सिरिया पुगेपनि प्रभावित डुमा क्षेत्रमा प्रवेश गर्न दिइएको थिएन ।

    सिरिया सरकारले सो टोलीलाई भोली डुमा क्षेत्र प्रवेश गर्न दिने बीबीसीले उल्लेख गरेको छ । गत अप्रिल ७ मा भएको रसायनीक आक्रमण पछि सिरियामा अमेरिका, बेलायत र फ्रान्सले आक्रमण गरिरहेका छन् । सो आक्रमण सिरिया सरकारले गरेको अमेरिका लगायत मुलुकको आरोप  छ । सिरिया र उसको मित्रराष्ट्र रुसले भने आक्रमण नगरेको दाबी गर्दै आएका छन् । 

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्