चीनको आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशत

    वैशाख ४, २०७५

    - यो बर्षको पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशतले बढेको छ । जनवरीदेखि मार्चसम्मको अवधीमा पहिले प्रक्षेपण गरेको भन्दा केही बढी आर्थिक वृद्धिदर हासिल भएको हो ।

    पहिलो त्रैमासिकको कुल गार्हस्थ उत्पादन समेत सन् २०१८ को कुल लक्ष्यभन्दा बढी रहेको सरकारी तथ्यांकमा उल्लेख छ । चीनको सबैभन्दा ठूलो व्यापारीका साझेदार मुलुक अमेरिकासँग व्यापार विवाद बढ्दै जादा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो । 

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्