भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं

    वैशाख ६, २०७५

    मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले बताउनुभयो ।

    सरकारले वैशाख ६ र ७ कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्