क्युवामा दशकौँ लामो क्यास्ट्रो विरासत तोडिँदै

काठमाडौं

    वैशाख ६, २०७५

    - क्युवामा दशकौँ लामो क्यास्ट्रो विरासत अन्त्य गर्दै मिगेल डियाज कनेल नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । क्युवाको संसद्ले ५७ वर्षिय मिगेल डियाज कनेललाई नयाँ नेतामा चयन गरेको हो । संसदले चयन गरेसँगै क्युवाको राष्ट्रिय सभामा उनको पक्षमा मतदान गरी नयाँ राष्ट्रपति चयन भएको घोषणा गर्ने बीबीसीले जनाएको छ । उहाँले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्रोको स्थान लिनुहुनेछ ।

    राउल क्यास्ट्रोले सन् २००६ मा सत्ता सम्हाल्नुभएको थियो । राउल क्यास्ट्रोका अत्यन्तै निकट मानिने कनेलले भने सन् २०१३ मा उपराष्ट्रपतिको पद सम्हाल्नुभएको थियो ।  राउल क्यास्ट्रो भने राष्ट्रपतिको पद छोडेपछि पनि प्रभावशाली व्यक्तिकै रुपमा रहनुहुनेछ ।

    राउल सन् २०२१ हुने कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनसम्म अध्यक्षकै हैसियतमा रहने भएपनि राष्ट्रिय सभामा मतदान भएपछि भने राष्ट्रपति पद कनेललाई हस्तान्तरण गर्ने बीबीसीले जनाएको छ । 

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्