क्यानको साधारणसभा आज

काठमाडौं

    वैशाख ६, २०७५

    - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको गाईडलाईन अनुसार विधान संसोधनको मुख्य एजेण्डासहित नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा आज सुरु हुँदैछ । बिहान ११ बजे राजधानीको बानेश्वरस्थित एक होटलमा बस्ने साधारणसभाबाट सल्लाहाकार समितिले तयार पारेको बिधानलाई पारित गर्ने बताइएको छ ।

    साधारणसभामा सहभागि हुन आइसीसीका डेभलोपमेन्ट अफिसर अमर शेख हिजै काठमाण्डौं आइपुग्नुभएको छ । विधान पारितका लागि साधारणसभामा सहभागीता जनाउने ५४ सदस्समध्ये दुई तिहाई मत आवश्यक पर्छ । आफ्नो गाइडलाइन अनुसार विधान पारित गरे,  आगामी बोर्ड बैठकबाट नेपालमाथिको निलम्बन फुकुवा गर्ने आइसीसीले संकेत गरिसकेकाले यो साधारणसभालाई महत्वका साथ हेरिएको छ ।

    निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आजबाट सुरु हुने साधारणसभा नेपाली क्रिकेटको निकासका लागि कोशेढुङ्गा साबित हुने भन्दै सबै पक्ष लचकताका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । उहाँले सम्भव भए आजै विधान पारित गरी साधारणसभा सम्पन्न गर्ने हिसाबले आफुहरु अघि बढ्ेको उल्लेख गर्नुभयो । साधारणसभामा ३७ जना जिल्लाबाट र १७ जना निर्वाचित कमिटिको तर्फबाट भाग लिनेछन् ।   

     

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्