शिक्षामा लगानी : बालुवामा पानी

- रमेश दुलाल, काठमाडौं

    वैशाख ६, २०७५

    सरकारले शैक्षिक क्षेत्रमा वर्षेनी अर्बौं रुपैयाँ लगानी गरेपनि उपलब्धी खस्कदै गएको पाइएको छ । सन् २०१३ देखि १७ सम्म गरिएको अध्ययनका क्रममा नेपालको शैक्षिक गुणस्तरमा २ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको हो । सरकारले शैक्षिक गुणस्तर उकास्न तथा विद्यार्थी भर्ना दरलाई उच्च बनाउने उद्धेश्य सहित मुलुकभर विद्यार्थी भर्ना अभियान तीब्र पारेका समय शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज प्रतिवेदन सार्वजनिक गर्दै शैक्षिक गुणस्तर सन्तोषजनक नभएको बताएको हो ।

    सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव खगराज बरालले ७७ मध्ये २६ जिल्लामा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । सामुदायिक तथा संस्थागत विद्यालयका ८ कक्षाका विद्यार्थीमा गरिएको सर्वेक्षणमा गणित, विज्ञान र नेपाली विषय माथिको अध्यापन, शिक्षण शैली, पाठ्यक्रम लगायत उत्कृष्ठ नभएको देखिएको सचिव बरालले बताउनुभयो । १ हजार ९ सय ५० विद्यालयका ४६ हजार २ सय ६६ विद्यार्थीमा गरिएको अनुसन्न्धानमा अधिकांश विद्यार्थी अनिवार्य विषयमा कमजोर भेटिएका थिए ।

    प्रदेश ३ को सबै विषयमा उच्च, प्रदेश ६ मा गणित, प्रदेश २ मा नेपाली र प्रदेश एकमा विज्ञान विषयमा विद्यार्थीको सिकाई उपलब्धी समेत न्युन देखिएको केन्द्रले जनाएको छ । ४ प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक नपाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, उपयुक्त उमेरमा कक्षामा अध्ययन गर्नेहरुको सिकाई उपलब्धी राम्रो देखिएको छ ।    

     

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्