पराजुली विरुद्ध अदालतको अवहेलना दर्ता नहुने

काठमाडौं

    वैशाख ६, २०७५

    पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी मुद्दा दर्ता नहुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सो मुद्दा सम्बन्धी निवेदन दरपीठ गर्ने रजिष्टारको आदेश सदर गरेपछि अवहेलना मुद्दा अघि नबढ्ने भएको हो ।

    सर्वोच्चले गत मंगबार पनि पराजुलीबाट लिईएको राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ बदरको माग गर्दै दायर रिट खारेज गरेको थियो । सर्वोच्चले आज रजिष्टारको दरपीठ गर्ने आदेश कानून सम्मत भएको भन्दै सदर गरेको हो । यसअघि, रजिष्टारको कार्यालयले सो मुद्दा दरपीठ गरिदिए पनि निवेदक मनोज अधिकारीले पुन: दर्ताका लागि निवेदन दिनुभएको थियो । पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको भन्दै अधिकारीले निवेदन दिएका थिए । 

     

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्