माइभ्यली गोल्डकपमा आयोजकको विजयी सुरुवात

- विप्लव भट्टराई, इलाम

    वैशाख ६, २०७५

    आयोजक माइभ्याली फुटबल क्लबले इलाममा आज सुरु चौंथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की ११ लाई आयोजकले ३ – २ गोल अन्तरले पराजित गर्‍यो । माइभ्यालीका लागि खेलको १९र ६४ औं मिनेटमा मनिस थापाले २ तथा ५७ औं मिनेटमा सुवास राईले पेनाल्टी मार्फत एक गोल गरे ।

    कास्की ११ को तर्फबाट उत्तम गुरुङले ६९ र रनदिप पौडेलले ९० औं मिनेटमा एक/एक गोल फर्काए जित दिलाउन भने सकेन । खेलको म्यान अफ दि म्याच माइभ्यालीका छिरिङ गुरुङ बने । भोलिको खेलमा बंगलादेशको कावरान प्रगति संघ र सशस्त्र प्रहरीको एफीएफ क्लब भिडने छन् ।

    बैशाख १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका सहित १२ टिमको सहभागिता रहेको छ । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

     

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्