सरकार भन्दा भागबण्डामा केन्द्रित : कांग्रेस नेता खतिवडा

ओखलढ्ंगा

    वैशाख ६, २०७५

    नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वर्तमान सरकार जनताको चाहाना पूरा गर्न भन्दा भागबण्डामा केन्द्रित भएको आरोप लगाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनको २ महिना पूरा भएपनि जनताले महशुस गर्ने गरी कुनै काम गर्न नसकेको उहाँको भनाई थियो ।

    ओखलढ्ंगा कांग्रेसले लिखुमा गरेको गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा गर्न नहुने तर्क गर्नुभयो । नेपाली कांग्रेसले हालसम्म गरेका ऐतिहासिक कामबारे जनतालाई जानकारी गराउँदै ५ वर्ष पछि कांग्रेसलाई पुन: एक नम्बर दल बनाउनु पर्नेमा उहाँको जोड थियो । नेता खतिवडाले आन्तरिक गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न नेतृत्वलाई सुझाउनुभयो । 

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्