विश्व बजारमा तेलको मूल्य सन् २०१४ यता उच्च बिन्दुमा

काठमाडौं

    वैशाख ६, २०७५

    विश्व बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यता उच्च बिन्दुमा पुगेको छ । साउदी अरब भने मुल्य अझै बढाउने पक्षमा रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विश्व बजारमा कच्चा तेलको मुल्य प्रति ब्यारेल ७४ दशमलभ ७३ डलर पुगेको छ  । सो मुल्य सन् २०१४ नोभेम्बर २७ यता कै उच्च हो ।

    सन् २०१४ देखी मुल्यमा आएको गिरावटलाई सम्हाल्ने प्रयास गरेसँगै कच्चा तेलको मुल्यमा समेत बृद्धि भएको हो । पेट्रोलियम निर्यात कर्ता मुलुकको संगठन ओपेकले सन् २०१७ सम्म उत्पादनमा केही नियन्त्रण गरेका थिए । साउदीमा भोलिबाट सुरु हुने ओपेकको बैठक पछि आगामी जुनको बैठकले उत्पादन नीति तय गर्नेछ । 

    प्रकाशित:वैशाख ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्