किशोरीको बलात्कारपछि जलाएर हत्या

काठमाडौं

    वैशाख २९, २०७५

    - भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ । भारतमा गत एक साताभित्र तेस्रो पटक यस्तो घटना घटेको हो । मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा मट्टितेल छर्केर जलाइएको प्रहरीले जनाएको छ ।

    किशोरीले बलात्कारबारे आफन्तलाई बताइदिने भनेपछि उनको हत्या गरिएको पुष्ठि भएको बीबीसीले जनाएको छ । झारखण्ड राज्यमा यसै साता सोही प्रकृतिका दुईवटा घटना भएका थिए । एक युवतीको मृत्यु भएको थियो भने अर्की घाइते भएकी थिइन् ।

    पछिल्लो समय बालिका बलात्कारका घटनामा वृद्धि भएपछि भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था कार्यन्यवनमा ल्याएको छ । भारतमा सन् २०१६ मा झण्डै ४० हजार बलात्कारका घटनाबारे उजुरी परेको थियो ।

     

    प्रकाशित:वैशाख २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्