मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई देशबाहिर जान प्रतिबन्ध

    वैशाख २९, २०७५

    - भष्ट्राचारको आरोप खेपिरहेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजीव रजाकलाई सरकारले देशबाहिर जान प्रतिबन्ध लगाएको छ । सरकारी कोषको रकम दुरुपयोग गरेको आरोप लागेका रजाक पारिवारिक भ्रमणमा देशबाहिर जाने योजनामा रहेका बेला  सरकारले  देश बाहिर जान प्रतिबन्ध लगाएको त्यहाँको अध्यागमन विभागका अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    आर्थिक समृद्धिका लागि क्वालालम्पुरलाई फाईनान्सियल हव बनाउने योजनाअनुरुप सरकारी कोषमा जम्मा भएको ७० करोड डलर रकम हिनामिना गरेको आरोप रजाकमाथि छ । रजाकले भने आरोपको खण्डन गर्दै आउनुभएको छ । लामो समयदेखि सत्तामा रहँदै आएको रजाक नेतृत्वको पार्टीले यही साता सम्पन्न निर्वाचनमा अप्रत्याशित हार बेहोरेको थियो । निर्वाचनमा ९२ बर्षीय महाथीर मोहमद विजयी हुनुभएको थियो । 

     

    प्रकाशित:वैशाख २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्