उत्तर कोरियामा खाद्य कार्यक्रममा अभूतपूर्व सुधार : विश्व खाद्य कार्यक्रम

बीबीसी

    वैशाख २९, २०७५

    उत्तर कोरियामा खाद्य कार्यक्रममा अभूतपूर्व सुधार भएको संयुक्त राष्ट्रसंघ अन्र्तगतको विश्व खाद्य कार्यक्रमले जनाएको छ । विश्व खाद्य कार्यक्रमका प्रतिनिधि डेभिड बेस्लिले उत्तरले पोषणयुक्त खाद्यन्न बनाउन प्रयासरत रहेको उल्लेख गर्नुभएको छ । सन् १९९० को तुलनामा भोकमरीमा बृद्धि नभएको बेस्लिले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

    उत्तरका ग्रामीण क्षेत्रमा समेत कृषि व्यवस्था सुधार गर्दै पोषणयुक्त खाद्यन्नका लागि नयाँ संयन्त्र अपनाएको बेस्लिले बताउनुभयो । यसअघि, भोकमरी रहेको बताइएपनि पछिल्लो समय उत्तर कोरियामा नाटकिय परिवर्तन हुँदै आएको जनाइएको छ । गत वर्षमात्र राष्ट्रसंघले अनावृष्टिका कारण उत्तर कोरियाका १० वटा क्षेत्रमा खाद्यन्न अभाव र कुपोषण देखिएको बताउनुभयो ।

    खाद्य कार्यक्रममा सुधार, परमाणु हतियार निशस्त्रीकरण गर्ने देखि एकअर्काका विरोधी रहेका अमेरिकासंग पनि उत्तर कोरियाले भेटवार्ता तय गरेर विश्वलाई नै अच्चमित बनाएको विश्लेषकको भनाई छ । 

    प्रकाशित:वैशाख २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्