इराकमा संसदीय निर्वाचन सम्पन्न

काठमाडौं

    वैशाख ३०, २०७५

    -  अतिवादी समुह इस्लामिक स्टेट आइएससँगको संघर्ष अन्त्यपछि इराकमा पहिलो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ । गत वर्ष इराकी सरकारले आइएसमाथि विजय हाशिल गरेको घोषणा गरेको थियो । ३ सय २९ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा झण्डै ७ हजार उम्मेदवार रहेका छन् ।

    निर्वाचन सम्पन्न भइसके पनि मतपरिणाम भने आएको छैन । आइएससँगको ४ वर्षे युद्धपछि पुनर्निर्माणका लागि  संघर्षरत इराकमा अब बन्ने सरकारको मुख्य चुनौती पनि पुर्ननिर्माण र मुलुकको पुर्नसंरचना  नै हो । 

     

    प्रकाशित:वैशाख ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्