आत्मघाती बम आक्रमणमा एकै परिवारका सदस्यको संलग्नता

बीबीसी

    वैशाख ३०, २०७५

    इन्डोनेसियाको सुरादाया शहरका तीन वटामा चर्चमा भएको आत्मघाती बम आक्रमणमा एकै परिवारका सदस्यको संलग्नता रहेको पाईएको छ । ११ जनाको मृत्यु भएको आत्मघाती बम विष्फोटको जिम्मा आईएसले लिएपनि एकै परिवारका सदस्यले तीन फरक स्थानमा आक्रमण गरेको ईन्डोनेसियाली प्रशासनको निष्कर्ष छ ।

    सो परिवारकी आमाले दुई सन्तान सहित एक चर्चमा आत्मघाती विष्फोट गराएकी थिईन् । बुबाले आफ्ना तिन छोरा सहित अर्काे चर्चमा विष्फोट गराएका थिए । सन् २००५ मा ईण्डोनेसियामा भएको आक्रमण पछिको यो सबैभन्दा ठुलो आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । 

    प्रकाशित:वैशाख ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्