गाजामा भड्किएको हिंसामा ५५ जनाको मृत्यु

एजेन्सी

    जेष्ठ १, २०७५

    ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् ।

    जेरुसेलममा अमेरिकाले दुतावास स्थापना गर्ने निर्णय गरेपछि सुरु भएको प्रदर्शन स्थापनापछि पनि रोकिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै सम्बोधन गर्दै दुतावास स्थापना गर्नुभएको थियो । 

    सिमा क्षेत्र पार गर्ने प्रयास गरेका प्रदर्शनकारी विरुद्धको कार्वाहीका क्रममा सो संख्यामा प्यालेष्टिनी मारिएको ईजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्टिकरण दिनुभएको छ । अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो ।

    तेलअभिभमा रहेको दुतावासलाई जेरुसेलममा सारेर पुरै जेरुसेलम ईजरेलको पक्षमा पार्ने षड्यन्त्रमा अमेरिकाले साथ दिईरहेको पुर्वी जेरुसेलमका प्यालेष्टिनीको आरोप छ । हिसांलाई प्यालेष्टाईनले नरसंहार भन्दै कडा विरोध गरेको छ । राष्ट्रसंघले मानवअधिकारको गम्भीर उल्लघंन भन्दै हिंसा प्रति दुख ब्यक्त गरेको छ ।  

     

    प्रकाशित:जेष्ठ १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्