४० हजार मेट्रिक टन मल भित्रियो

वीरगन्ज

    जेष्ठ १, २०७५

    - वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै  कृषि सामग्री कम्पनीले ३ महिना यता ४० हजार ५ सय मेट्रिक टन रासायनिक मल भित्राएको छ । वीरगन्ज क्षेत्रिय कार्यालयको तथ्यांक अनुसार, फागुन यता डिएपि र युरिया गरी सो परिमाणमा मल भित्रिएको हो ।

    सो अवधिमा सिंगापुरको विल्सन इण्टरनेशनल कम्पनीले चीनबाट ६ हजार ८ सय मेट्रिक टन डिएपि मल, भारतको इण्डियन पोटास लिमिटेडले पनि चीनबाट १२ हजार ५ सय मेट्रिक टन युरिया मल ल्याएको क्षेत्रिय प्रमुख अजय कुमार श्रीवास्तवले बताउनुभयो । कोरियाको सामसुङ कम्पनीले ११ हजार ५ सय मेटन युरिया, विल्सन इण्टरनेशनले ८ हजार ५ सय मेिट्रक टन युरिया, दुबईको कमजेष्ट ट्ेरडिङले ओमानबाट १ हजार मेट्रिक टन युरिया मल आपूर्ती गरेको छ ।

    कम्जेष्टले यस बर्ष कूल १० हजार मेटन युरिया मल ल्याउने ग्लोबल टेण्डर सकारेको मध्ये बाकी ९ हजार मेटन मल आउने क्रममा छ । हाल युरिया मलको माग नरहेकाले आउदो बर्षे धान बाली सिजनका लागि यो मल उपयोगी हुने उनले बताए ।  

     

    प्रकाशित:जेष्ठ १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्