उत्तरद्वारा दक्षिण कोरियासँगको वार्ता रद्द

एजेन्सी

    जेष्ठ २, २०७५

    उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता प्रक्रिया रद्द गरेको छ । दक्षिण कोरियाले अमेरिकासँगको सैन्य अभ्यासलाई निरन्तरता दिएको भन्दै उत्तरले दक्षिणी छिमेकीसँगको वार्ता प्रक्रिया रद्द भएको घोषणा गरेको हो । यसअघि गत २७ अप्रिलमा दुई मुलुकबीच ऐतिहासिक वार्ता भएको थियो ।

    सो वार्तामा उत्तरले तत्कालका लागि आफ्ना सम्पुर्ण आणबिक कार्यक्रम रोक्ने र दक्षिणले पनि अमेरिकासँगको सैन्य गतिविधि बन्द गर्ने सहमति भएको थियो । अमेरिकाको उक्साहटमा दक्षिणले सैन्य अभ्यास जारी राखेको भन्दै आजका लागि तय गरिएको बार्ता रद्द भएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । आज हुने भनिएको वार्तामा पहिलो वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने बिषयमा निर्णय लिने दुबै मुलुकको तयारी थियो ।  

    उत्तरको पछिल्लो निर्णयले सिंगापुरमा आगामी जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबिच हुने तय भएको वार्ता पनि अन्यौलमा परेको छ ।

     

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्