पुल भत्कँदा भारतमा १८ जनाको मृत्यु

एजेन्सी

    जेष्ठ २, २०७५

    भारतको उत्तरप्रदेशस्थित वाराणसीमा निर्माण क्रममा रहेको आकाशे पुल भत्किँदा १८ जनाको मृत्यु भएको छ । अन्य केही घाईते भएका छन् ।

    घटनास्थलमा फसिरहेकाको उद्धार कार्य जारी रहेको उत्तर प्रदेशका प्रधान सचिवलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि निर्माण क्रममा रहेको सो पुल एक्कासी खस्दा सडकमा गुडिरहेका सवारीसधानहरु समेत पुरिएका छन् । 

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्