फेसवुकले झण्डै ३ करोड स्ट्याटस हटायो

एजेन्सी

    जेष्ठ २, २०७५

    सामाजिक सञ्जाल फेसवुकले विकृतीजन्य २ करोड ९० लाख स्ट्याटस हटाएको बताएको छ । फेसवुकले सन २०१८ को ३ महिनाको तथ्याङ्क पहिलोपटक सार्वजनिक गरेको हो ।

    आफ्नो नियम पालना नगरी पोष्ट गरिएका घृणायुक्त विचार, हिंसालाई प्रोत्साहन गर्ने तथा आतंकबाद र यौनसंग सम्वन्धित गतिविधिलाई हटाईएको फेसवुकले जनाएको छ । फेसबुकको नियम पालना नगर्ने २ करोड ९० लाख प्रयोग कर्तालाई चेतावनी समेत दिईएको छ । नियम उल्लंघन गर्ने प्रयोग कर्ताको सूची पहिलो पटक सार्वजनिक गर्दै फेसवुकले आफ्नो नियम पालना गराउन वाध्य पार्ने तयारी गरेको बीबीसीले जनाएको छ । 

    कानून पालना गराउने उद्देश्य पुरा गर्नका लागि फेसवुकले कृत्रिम सुचना प्रणाली सम्वन्धी सफ्टवेरको विकास गरिरहेको छ । यसका लागि कम्पनीले १५ हजार जनशक्ती परिचालन गरेको छ । सो सफ्टवेरले फेसवुकमा दुरुपयोग रोक्न प्रयास गर्ने बीबीसीले उल्लेख गरेको छ ।  

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्