प्रदेश ५ मा बजेटका सिद्धान्तमाथि थप छलफल हुँदै

- अमृता अनमोल, बुटवल

    जेष्ठ २, २०७५

    प्रदेश ५ को प्रदेश सभाको बैठकमा आज पनि बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकतामा सैद्धान्तिक छलफल हुदैछ । अस्थायी मुकाम बुटवलमा दिउँसो एक बजे सुरु हुने बैठकमा प्रदेश सदस्यहरुले आफ्ना धारणा राख्नु हुने छ । यसका लागि एक जनालाई ३ मिनेट समय निर्धारण गरिएको प्रदेश सचिव मानबहादुर विकेले बताउनुभयो ।

    हिजोको बैठकमा २० जना सांसदले आफ्ना सुझाव राख्नु भएको थियो । छलफलका लागि ४७ सांसदले प्रदेशसभा सचिवालयमा नाम दर्ता गराएका छन् । गत आइतबार अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले आगामी वर्ष ०७५/७६ का लागि तयार गर्न बनेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्नुभएको थियो ।

    यसअघि ल्याएको चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा छलफल गर्ने समय नपाएको प्रदेश सदस्यको गुनासो अनुसार सरकारले बजेट आउनुभन्दा १ महिनाअघि नै सिद्धान्त, उद्देश्य र प्राथमिकतामा छलफल सुरु गर्न लागेको हो । 

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्