साढे २ करोड नक्कली नेपाली नोट बरामद

काठमाडौं

    जेष्ठ २, २०७५

    प्रहरीले राजधानीका विभिन्न स्थानबाट साढे २ करोडको नक्कली नेपाली नोट बरामद गरेको छ । अत्यधुनिक प्रेसमा छापिएका एक हजार दरका साढे २ करोड नक्कली नोट बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सक्कली जस्तै देखिने नोटहरु प्रहरीले राजधानीको गोगंबु, बागबजार लगायत क्षेत्रबाट बरामद गरेको हो । 

    यसअघि हिजो महानगरीय प्रहरी परिसर ललितपुरले लुभुबाट करिब ५ लाखको नक्कली नेपाली नोट बरामद गरेको थियो । घटना सन्दर्भमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । 

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्