सन्दीप आईसीसीको विश्व ११ टोलीमा छनौट

काठमाडौं

    जेष्ठ २, २०७५

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन् । ट्वेन्टी ट्वेन्टी फम्र्याटमा हुने सो खेल बेलायतको लर्ड्स क्रिकेट मैदानमा यही मे ३१ तारिखमा हुनेछ । लर्ड्स मैदान क्रिकेटको मक्का मदिनाको रुपमा चर्चित छ । 

    वेस्ट इन्डिजमा गतवर्ष गएको इर्मा र मारिया नामका आँधीले भत्काएको पाँच वटा रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न सो च्यारिटी खेल हुन लागेको हो ।

    इङलिस क्याप्टेन इयोन मोर्गनको कप्तानीम रहने विश्व ११ टोलीमा पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बाङ्ग्लादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेय, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लेनगन र लुक रोन्ची तथा  श्रीलङ्काका थिसरा परेरा रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई.सी.सीले जनाएको छ ।

    कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, केसरिक विलियम्स छन् ।

    हाल इण्डियन प्रेमियर लिग क्लव दिल्ली डेयर डेभिल्समा अनुबन्धित सन्दीपले यअसघि सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लडर््समा खेलिसकेका छन् । सो खेलमा उनले मेरिलेबोन क्रिकेट क्लब एम.सी.सी विरुद्ध १ विकेट लिएका थिए । 

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्